logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • बाह्य शक्तिको चलखेल रोक्न आन्दोलनकारी शक्ति मिल्नु आवश्यक : कमल थापा

    बाह्य शक्तिको चलखेल रोक्न आन्दोलनकारी शक्ति मिल्नु आवश्यक : कमल थापा

    1.9K
    Shares

    मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा राजनीतिक स्थायित्व ल्याउन र बाह्य शक्तिको चलखेललाई निस्तेज पार्न आन्दोलनकारी शक्ति तथा परम्परागत शक्तिबीच अहिले मिलन बिन्दुको आवश्यकता खड्किएको बताएका छन् । 

    राप्रपा मकवानपुरको ३१औं जिल्ला अधिवेशनको आज हेटौँडामा उद्घाटन कार्यक्रममा उनले राप्रपा मन, बचन र कर्मले मौजुदा संविधान, जनता र संसदीय प्रजातन्त्रप्रति अटल आस्था रहेको उल्लेख गरे। उनले अहिले देशमा राजनैतिक अस्थिरता बढ्दै गएकामा चिन्ता व्यक्त गरे ।

    उनले मुलुकलाई हिंसात्मक दंगा, तोडफोड र वैचारिक द्वन्द्वबाट पृथक राख्न मौजुदा सरकारले भविष्यमा जनतामा जाने निर्वाचनको मार्ग रोज्नुको विकल्प नभएको उल्लेख गर्दै संसद्मा रहेका दलका तर्फबाट बन्ने वैकल्पिक सरकारले पनि राजनीतिक स्थायित्व दिन नसक्ने बताए ।

    राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङले राष्ट्रको सार्वभौम, प्रेस स्वतन्त्रताका साथै प्रजातन्त्रलाई कमजोर तुल्याउने भूमिकामा बाह्य शक्तिले दललाई उपयोग गरेकामा चिन्ता व्यक्त गरे । अर्का नेता विक्रम पाण्डेले राप्रपाले सबै दलसँग सहकार्य गरेर देशमा प्रजातान्त्रिक संस्कारको प्रवद्र्धन र दिगो शान्तिका लागि अगुवाई गर्ने उल्लेख गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend