logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    प्रधानमन्त्रीका आर्थिक सल्लाहकार दुगड भन्छन्, ‘ओली दूरदृष्टि र हिम्मत भएकाे प्रधानमन्त्री’ (भिडियो सहित)

    प्रधानमन्त्रीका आर्थिक सल्लाहकार दुगड भन्छन्, ‘ओली दूरदृष्टि र हिम्मत भएकाे प्रधानमन्त्री’ (भिडियो सहित)

    4.7K
    Shares

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली दूरदृष्टि र हिम्मत भएकाे प्रधानमन्त्री भएकाे  प्रधानमन्त्रीका विषेश आर्थिक सल्लाहकार  माेतिलाल दुगडले बताएका छन् । प्रधानमन्त्री ओलीले आफ्नाे कार्यकालमा उल्लेख्य काम गरेकाे भन्दै दुगडले नेपालमा भिजन भएको र प्रभावपार्न सक्ने उच्च व्यक्तित्व प्रधानमन्त्री ओलीमा भएको दाबी गरे  । 

    गएकाे सातामात्र २३५ जना उद्याेगी व्यवसायीलाई नेकपा एमाले प्रवेश गराउन भूमिका खेलेका दुगडले अब पुन: उद्याेगी व्यवसायीहरु करिब ५०० जना उच्च घरानाका ब्यापारीहरु एमालेमा प्रवेश गराउने र त्यसको लिस्ट तयार भैरहेको बताए  ।

    सुनाैलाे नेपालसँगकाे कुराकानीका क्रममा दुगडले भने ‘यसअघि म उद्योग राज्यमन्त्री हुँदा मेराे प्रशंसा भएकाे थियाे । अहिले प्रधामन्त्रीकाे सल्लाहकारका रुपमा आएकाे छु । प्रधानमन्त्री ओलीसँग अझ नजिक बन्न पाएकाे छु । निजी क्षेत्रलाई अगाडि नबढाइ देश सम्बृद्ध बन्दैन । निजी क्षेत्रसँगै देशलाई कसरी सम्बृद्ध बनाउने भनेर प्रधानमन्त्रीसँग मिलेर हामी एउटा भिजन बनाउँदै छौँ ।’

    उनले उद्याेग व्यवसायकाे क्षेत्रमा नयाँ नीति नियम बनाउनेलगायतका काम गर्ने र उद्याेग व्यवसाय क्षेत्र अगाडि लैजान आफूले विशेष पहल गर्ने पनि बताए । ‘लामाे समय उद्याेग व्यवसायमा लागेका व्यक्तिहरु राजनीतिमा आउँदा सकारात्मक ढंगबाट उनीहरुले काम गरे भने उद्याेग व्यवसाय क्षेत्र झन् राम्राे हुन्छ । यसकाे व्यवस्थापककाे जिम्मा हामीले लिनुपर्छ’ दुगडले भने । 

    उद्याेगी व्यवसायीहरु राजनीतिमा आउँदा कतिपयले नकारात्मक टिप्पणी पनि गरिरहेका छन् । तर त्यस्ताे नभएकाे र झन् विषयविज्ञहरु आफ्नाे क्षेत्रमा काम गर्न सक्षम हुने उनकाे बुझाइ छ । उद्याेग व्यवसाय क्षेत्रमा कानुन निर्माण गर्दा उद्याेगीहरुले सल्लाह सुझाव दिने पनि उनकाे भनाइ छ । 

    उनले प्रधानमन्त्रीबाट ओलीलाई हटाएर अरु काेही नयाँ आए पनि चमत्कार नहुने बताए । उनले भने ‘देशमा विकास निर्माणका कामहरु भइरहेका छन् । एक्कासी परिवर्तन हुने हाेइन । प्रधानमन्त्री ओलीले काम गरिरहनु भएकाे छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend