काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक सुरु भएको छ । बैठक कांग्रेस पार्टी कार्यालय सानेपामा केहि बेर अघि सुरु भएको हो।
केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएपछि काँग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको हो ।
बैठकले जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने जनाइएको छ।
मस्तिष्काघात भई नर्भिक अस्पतालमा उपचारका क्रममा नेता जोशीको शुक्रबार राति निधन भएको थियो।