logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रचण्डले भने : केहि दिनभित्रै ओलीलाई दिएको समर्थन फिर्ता लिन्छौँ

    प्रचण्डले भने : केहि दिनभित्रै ओलीलाई दिएको समर्थन फिर्ता लिन्छौँ

    4.7K
    Shares

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केहि दिनमै केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन्। 

    शनिबार प्रज्ञा डबलीमा नागरिक समाजले आयोजना गरेको नागरिकका प्रश्न र दलहरूको उत्तर विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तत्काल सरकारको समर्थन फिर्ता नलिन आफूमाथि चर्को दबाव रहेको भएपनि अब त्यो दबाव चिर्दै समर्थन फिर्ता लिने बताएका हुन्। 

    ‘समर्थन फिर्ता नलिन ममाथि दबाव छ। हतार गरेर समर्थन फिर्ता लियो भने अर्को कुरा हुन्छ। अब म धेरै दिन कुर्ने वाला छैन। छिट्टै अगाडि बढ्छु। सबै राजनीतिक दलहरूको साझा सहमति कुरिरहेको छु।’ , प्रचण्डले भने। 

    ओलीलाई हटाउन प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमको विरुद्ध आन्दोलनरत दलहरु एकजुट हुनुपर्ने उनको भनाइ थियो। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend