logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रधानमन्त्रीको ओलीको परिकल्पनाले मुलुक अघि बढेको छ : मुख्यमन्त्री पोखरेल

    प्रधानमन्त्रीको ओलीको परिकल्पनाले मुलुक अघि बढेको छ : मुख्यमन्त्री पोखरेल

    1.9K
    Shares

    परासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीका परिकल्पना र योजनाले तराई मधेस समृद्धितर्फ अघि बढीरहेको बताएका छन् । 

    नेपाल कम्युनिष्ट पार्टी(एमाले) नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को छैँठौँ बैठक तथा शपथ ग्रहण समारोहलाई शनिबार बर्दघाटमा सम्बोधन गर्दै उनले तराईको विकासमा वर्तमान सरकारले उच्च प्राथमिकता दिएको बताए ।

    नेकपा(एमाले)का स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री पोखरेलले तराईका २२ वटै जिल्लाका सदरमुकाम आधुनिकीरण, हुलाकी सडक निर्माणको तीव्रता, सिँचाइ परियोजनालगायत ठूलाठूला आयोजनाको सोच र कार्यान्वयनले तराई मधेससहित मुलुक निर्माणको दिशातर्फ अघि बढेको उल्लेख गरे । 

    उनले प्रधानमन्त्री ओलीले सङ्घीयता सुदृढ, ठूला आयोजनाको तीव्रतर कार्यान्वयन र विकास निर्माणको तीव्रतामा खेलेको भूमिकाका कारण वर्तमान सरकार लोकप्रिय बन्दै गएपछि नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिन डराइरहेको जिकिर गरे। माओवादी केन्द्रले समर्थन फिर्ता लिए जनता समाजवादी पार्टीले सरकारलाई समर्थन गर्ने उनको दाबी थियो । 

    लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रधानमन्त्री ओली र एमालेको नेतृत्वमा मुलुक समृद्धिको दिशातर्फ अघि बढीरहेको बताए । उनले प्रदेश सरकारले गाउँगाउँको विकासलाई प्राथमिकता दिएको उल्लेख गर्र्दै सरकारको कामले पार्टी बलियो बन्दै गएको उल्लेख गरे । पार्टीका लुम्बिनी प्रदेश सङ्गठन विभाग प्रमुख भूमिश्वर ढकालले पार्टी निर्माण अभियानलाई सुदृढ बनाउन आग्रह गरे ।

    उक्त अवसरमा नेकपां९एमाले०ले नवलपरासी९बर्दघाट सुस्ता पश्चिम०मा गठन गरेको ७०१ सदस्यीय जिल्ला आयोजक कमिटीका सदस्यलाई सपथ ग्रहण गराउनुका साथै टोल तहसम्म पार्टी निर्माणको अभियानलाई तीव्रता दिने निर्णय गरेको नेकपा९एमाले०का जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend