काठमाडौं। त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच मैत्रीपूर्ण फुटबल आज हुँदैछ। खेल दशरथ रङ्गशालामा दिउँसो साढे ३ बजे हुँदैछ।
त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो ३ः३० बजे हुने उक्त खेल रङ्गशाला पुग्ने जोसुकैले निःशुल्क हेर्न सक्ने व्यवस्था मिलाइएको सेनाले जानकारी दिएको छ ।
एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो।