logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • उत्कृष्ट अभिनेताको अवार्ड स्वर्गीय अभिनेता इरफान खानलाई 

    उत्कृष्ट अभिनेताको अवार्ड स्वर्गीय अभिनेता इरफान खानलाई 

    4.8K
    Shares

    मुम्बई । भारतको मुम्बाईमा हिजो शनिवार ६६ औँ फिल्मफेयर अवार्ड सम्पन भएको छ । यस अवार्डमा बलिउडका स्वर्गीय अभिनेता इरफान खानलाई मरणोत्तर दुईवटा अवार्ड प्रदान गरिएको छ । शनिबार राति घोषणा गरिएको अवार्डमा अंग्रेजी मिडियम फिल्मबाट इरफानलाई उत्कृष्ट अभिनेताको अवार्डका दिइएको हो।

    यस्तै मरणोपरान्त उनलाई लाइफटाइम एचिभमेन्ट अवार्ड पनि दिइएको छ । ७ वटा विधामा अवार्ड पाएका तापसी पन्नुको थप्पडले सबैभन्दा धेरै अवार्ड जितेको छ ।

    थप्पडबाटै तापसी पन्नुले उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि जितेकी छिन् । गुलाबो सिताबोबाट अभिनेता अमिताभ बच्चनले क्रिटिक्स बेस्ट एक्टरको अवार्ड पाएका छन् । यस्तै तान्हाजीः द अनसंग वारियरबाट ओम राउतले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend