logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • म्यानमार सेनाको दमनविरुद्ध अन्तर्राष्ट्रिय समुदाय : १२ देशको संयुक्त वक्तव्य 

    म्यानमार सेनाको दमनविरुद्ध अन्तर्राष्ट्रिय समुदाय : १२ देशको संयुक्त वक्तव्य 

    3.6K
    Shares

    काठमाडौं । म्यानमार सेनाले शान्तिपूर्ण आन्दोलनमाथि गरेको दमनको अन्तराष्ट्रिय स्तरबाट निन्दा भएको छ । सेनाले शनिबार एकैदिन ११४ प्रदर्शनकारीको ज्यान लिएको समाचार बाहिर आएपछि अमेरिका, अष्ट्रेलिया, बेलायतलगाएतका १२ देशका रक्षा प्रमुखहरुले संयुक्त वक्तव्यमा हस्ताक्षर गर्दै उक्त कदमको भत्सर्ना गरेका हुन् ।

    भत्सर्ना गर्ने अन्य मुलुकहरुमा क्यानडा, डेनमार्क, जर्मनी, जापान, ग्रिस, न्यू जील्याण्ड, इटाली, नेदरल्याण्ड र दक्षिण कोरिया रहेका डेलीमेलले उल्लेख गरेको छ । 

    ‘म्यानमारको सेना र सम्बन्धित सुरक्षा निकायहरुद्वारा हतियारविहिन जनतामथि गरेको क्रुर दमनकाे रक्षा प्रमुखका हैसियतलले हामीे घोर भत्सर्ना गर्दछौँ‘, वक्तब्यमा भनिएको छ । 

    गत फेबु्रअरी १ मा गत नोभेम्बरमा भएको चुनावमा ब्यापक धाँदली भएको भन्दै आङ साङ सुकीलगाएतका निर्वाचित प्रतिनिधिहरुलाई पक्राउ गरि शासन सत्ता हातमा लिएर म्यानमारको सेनाले एक वर्षसम्म संकटकाल घोषणा गरेपछि देशैभरि प्रदर्शनहरु भइरहेको छ ।

    करिब २ महिनादेखि निरन्तर भइरहेको सैन्य कू विरुद्धको आन्दोलन र विरोध प्रदर्शनलाई ‘म्यानमार स्प्रिङ रिभोलुसन’ पनि भनिएको छ । सेनाले शान्तिपूर्ण आन्दोलनलाई दमन गर्दै शनिबार एकै दिन ११४ जनाको ज्यान लिएको थियो ।

    म्यानमारमा सेनाको गोली लागेर मृत्यु हुनेको संख्या करिब ३५० पुगेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend