जनकपुरधाम । प्रदेश नं २ का प्रदेश प्रमुख राजेश अहिराजले प्रदेशसभाको पाँचो अधिवेशनको आह्वान गरेका छन् । प्रमुख अहिराजले यही चैत ३० गते दिनको १ बजेका लागि अधिवेशनको आह्वान गरेका हुन् ।
मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुखद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिए ।