logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • ललितपुरमा र्‍यापिड किट टेस्टबाट लागुऔषध परीक्षण सुरु

    ललितपुरमा र्‍यापिड किट टेस्टबाट लागुऔषध परीक्षण सुरु

    4K
    Shares

    ललितपुर । ललितपुरमा र्‍यापिड किट टेस्टबाट लागुऔषध प्रयोगको परीक्षण सुरु भएको छ ।

    महानगरीय प्रहरी परिसर ललितपुरले आइतबारबाट होलीलाई मर्यादित एवं सुरक्षित बनाउने भन्दै उक्त किटबाट टेस्ट सुरु गरेको हो ।

    परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार आइतबार गरिएको परीक्षणमा तीन जनालाई पोजिटिभ देखाएको छ । लागु औषध सेवन गरी सवारी चलाउँने तीनै जनालाई नियन्त्रणमा समेत लिइएको छ ।

    त्यससँगै पैसा दिई प्रलोभनमा पार्न खोज्ने १ जनासहित १६ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्लाका विभिन्न १३ स्थानमा ट्राफिक प्रहरीसहित परीक्षण गरिएको उनले जानकारी दिए ।   
     
    त्यसक्रममा ४३५ सवारी चालकलाई ट्राफिक कारवाही समेत गरिएको छ । १६५ लाई केहीबेर होल्ड गरेर पठाइएको तथा ४९८ जनालाई सम्झाईबुझाई गरिएको उनले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend