काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके (चन्द्रकान्त) राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला अदालत नवलपरासीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
आज (सोमबार) को गोरखापत्रमा सूचना प्रकाशित गर्दै अदालतले राउतविरुद्ध राज्य विरुद्धको संगठित अपराधमा पक्राउ पुर्जी जारी गरको हो।
राउतलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ।