काठमाडौं। थरुहट संघर्ष समितिसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामवहादुर थापा बादलको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।
वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र नेकपा एमालेको केन्द्रीय सदस्य भगवती चौधरी सदस्य रहेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए। वार्ता आजैबाट सुरु हुने पनि सञ्चारमन्त्री गुरुङले बताए।
थरुहट संघर्ष समितिले निलम्बित सांसद रेशम चाैधरीकाे रिहाई, कैलालीकाे टिकापुर घटनामा मुद्दा लागेका आफ्ना नेता कार्यकर्ताकाे मुद्दा फिर्तालगायतका माग राखेर आन्दाेलन गरिरहेकाे छ।