काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणबारे केहीले असत्यका पुलिन्दा बाँध्ने काम गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखकले प्रधानमन्त्रीसँग विदेश भ्रमण जान टोलीको निधो मन्त्रिपरिषद् बैठकले निर्णय गरेर मात्रै टुङ्गो लगाउने बताए ।
त्यस्तै, उनले को को मानिस प्रधानमन्त्रीसँग विदेश गए भन्ने लिष्ट सरकारसँग हुने बताए । गृहमन्त्री लेखकले आग्रह गर्दै भने, ‘को को मान्छे जानु भएको थियो, त्यसमध्ये को फर्किएर आएन भन्दिनुभयो भने सरकारलाई सजिलो हुन्थ्यो।’
उनले संसदमा सांसदहरूले जिम्मेवार ढङ्गले सत्य तथ्य सूचना बोल्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस