logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • अवैधानिक अध्यक्ष ओलीले गरेको निर्णय अस्वीकार्य: भीम रावल

    अवैधानिक अध्यक्ष ओलीले गरेको निर्णय अस्वीकार्य: भीम रावल

    1.7K
    Shares

    काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले अध्यक्ष केपी ओली नै अवैधानिक भएकोले आफूलाई ६ महिना पार्टी सदस्यताबाट निलम्बन गर्ने निर्णय अस्वीकार्य भएको जिकिर गरेका छन् । 

    नवौं राष्ट्रि महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको महाधिवेशनको अध्यक्ष स्वंम नै अवैधानिक भएको उनको भनाई छ । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वंम अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको उक्त निर्णयको भत्र्सना गर्दै पूर्ण रुपमा अस्वीकार गर्दछु ।’ 

    उनले माधव नेपाल र आफूलाई पार्टीबाट निलम्बन गर्ने केपी ओलीको निर्णय निरंकुश र स्वच्छाचारी भएको पनि दावी गरेका छन् । 

    bhim rawal.jpg

    एमाले अध्यक्ष ओलीले सोमबार नेता नेपाल र भीम रावललाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरिएको पत्र पठाएका छन् । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुबै नेतालाई कारबाही गरिएको र यो सच्चिनका लागि अन्तिम मौका भएको पत्रमा उल्लेख छ । 

    त्यस्तै पत्रमार्फत पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने चेतावनी पनि दिइएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend