logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • त्रिदेशीय फुटबलको उपाधि नेपाललाई, बंगलादेश २–१ ले पराजित 

    त्रिदेशीय फुटबलको उपाधि नेपाललाई, बंगलादेश २–१ ले पराजित 

    1.9K
    Shares

    काठमाडौं । किर्गीस्तान, बंगलादेश र नेपालबीच भएको त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधी नेपालले जितेको छ । सोमबार बेलुका दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशलाई २–० ले पराजित गर्दै नेपालले उपाधी उचालेको हो । 

    खेलको सुरुवात देखि नै आक्रामक रुपमा प्रस्तुत भएको नेपालले १८ औं मिनेटमा सन्जोग राईको गोलले अग्रता लिएको थियो । त्यस लगत्तै ४२ औं मिनेटमा विशाल राईले गोल गरेपछि पहिलो हाफमै नेपालले अग्रता दोब्बर पारेको थियो ।

     तर, खेलको ८२ औं मिनेटमा बंगलादेशका   गोल गरेका थिए । त्यसपछाडि दुबै तर्फबाट गोल हुन सकेन । गोल गर्ने  अवसरको प्रशस्तै सिर्जना गरेको भएपनि नेपाल फिनिसिङमा भने धेरै पटक चुकेको थियो । 

    दोस्रो हाफको केही समय बंगलादेशले नेपाललाई प्रेसरमा राख्न खोजेको भएपनि खेल आफ्नो पोल्टामा पार्न भने सकेन । 
    चैत १० देखि सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको छ । 

    लामो समय नेपालको कप्तानी सम्हालेका विराज महर्जनले राष्ट्रिय खेलबाट सन्यास लिएका थिए । उनले  नेपालका लागि ७३ वटा खेलमा कप्तानको भूमीका निर्वाह गरेका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend