logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • नेकपा एमालेले माग्यो नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसालसँग पुन: स्पष्टीकरण 

    नेकपा एमालेले माग्यो नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसालसँग पुन: स्पष्टीकरण 

    2.1K
    Shares

    काठमाडौं । स्पष्टीकरण पेश नगरेको भन्दै नेकपा एमालेले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पुनः स्पष्टीकरण सोध्ने भएको छ ।

    यसअघि सोधिएको स्पष्टीकरणको नेता पाण्डे र भुसालले कुनै जवाफ दिएका छैनन् । यसअघिको स्पष्टीकरणको जवाफ नदिनुको कारणसहित अविलम्ब पुनः स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

    एमालेले नेताहरू माधव नेपाल र भीम रावलले भने स्पष्टीकरण बुझाएका थिए । यद्यपी, स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend