logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • नेकपा एमालेको प्रदेश सह-इन्चार्जमा पुन: फेरबदल, २४ जना नेतालाई नयाँ जिम्मेवारी

    नेकपा एमालेको प्रदेश सह-इन्चार्जमा पुन: फेरबदल, २४ जना नेतालाई नयाँ जिम्मेवारी

    1.7K
    Shares

    काठमाडौं । नेकपा एमालेले माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरुलाई समेटेर जिम्मेवारीमा पुन: फेरबदल गरेको छ ।

    एमालेले प्रदेशको जिम्मेवारीमा चैत १३ गते अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन अनुसार छ जनासम्म सहइन्चार्ज राखिएको छ ।

    प्रदेश १ मा इन्चार्ज नेता सुवास नेम्वाङ छन् । सोही प्रदेशमा सह-इन्चार्जको जिम्मेवारी लालबाबु पण्डित, भानुभक्त ढकाल, शेरधन राई, गुरु बराल, टंक आङबोहाङ र राजेन्द्र गौतमलाई दिइएको छ । ताप्लेजुङका आङबोहाङ केही दिन अघि माओवादी छोडेर एमाले प्रवेश गरेका हुन्। 

    त्यस्तै रामबहादुर थापा इन्चार्ज रहेको बागमती प्रदेशमा पनि सह-इन्चार्जको जिम्मेवारी तीनजना नेतालाई दिइएको छ । जसमा काशीनाथ अधिकारी, शेरबहादुर तामाङ र उपत्यकाको विशेष जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ । 

    यस्तै गण्डकी प्रदेशमा इन्चार्ज पृथ्वी सुब्बा गुरुङ छन् भने सहइन्चार्जहरुमा किरण गुरुङ, पद्मा आर्याल र लिलाबहादुर थापा रहेका छन् ।

    इन्चार्ज शंकर पोखरेल रहेको लुम्बिनी प्रदेशमा मणिचन्द्र थापा, दलबहादुर राना, बैजनाथ चौधरी र गिरीधारीलाल न्यौपानेलाई सहइन्चार्ज बनाइएको छ। थापा माओवादीबाट एमाले प्रवेश गरेका हुन् ।

    कर्णाली प्रदेशमा पनि दुई जना नेताहरुले सहइन्चार्जको जिम्मेवारी पाएका छन्, जसमा इन्चार्ज यामलाल कँडेल र सहइन्चार्जमा लक्ष्मी पोखरेल, गुलावजंग शाह रहेका छन् ।

    त्यस्तै लेखराज भट्ट इन्चार्ज रहेको सुदूरपश्चिम प्रदेशमा पनि दुई जना नेताले सहइन्चार्जको जिम्मेवारी पाएका छन् । जसमा नारदमुनी राना र गणेश ठगुन्ना रहेका छन् ।

    प्रदेश २ मा भने सहइन्चार्ज तोकिएको छैन । यो प्रदेशमा सत्यनारायण मण्डल इन्चार्ज छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend