काठमाडौं। नेकपा एमालेको खनाल-नेपाल समूहले स्थायी समिति बैठक बोलाएको छ।
पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाको लागि निलम्बन गरेपछि थप रणनीति तय गर्न बैठक बोलाइएको हो।
बैठकमा ओलीको उक्त कदमपछि आफ्नो समूहको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।
अध्यक्ष ओलीले नेता नेपाल र रावलले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको र पार्टी हितविपरीत गतिविधि गरेको भन्दै ६ महिनाका लागि पार्टी सदस्य नै नरहने गरि निलम्बन गरेका थिए।
उता नेपाल र रावलले भने अवैधानिक रुपमा गरेको कारबाही स्वीकार्य नहुने बताएका छन्।