logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • एमाले र माओवादी केन्द्रको एकता भंग गर्ने फैसलाविरुद्ध सर्वोच्च पुगे प्रचण्ड

    एमाले र माओवादी केन्द्रको एकता भंग गर्ने फैसलाविरुद्ध सर्वोच्च पुगे प्रचण्ड

    2K
    Shares

    काठमाडौं। सर्वोच्च अदालतको फागुन २३ को फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड न्यायिक पुनरावलोकनका लागि सर्वोच्च अदालत पुगेका छन् ।

    सर्वोच्चले फागुन २३ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने फैसला गरेको थियो। पार्टीको नाम विवादबारे ऋषि कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वोच्च अदालतले उनकै नेकपा वैधानिक र एमाले–माओवादी केन्द्र मिलेर बनेको नेकपा अवैधानिक भनेर फैसला गरेको थियो।

    फैसलासँगै एक भएका दुई पार्टी एमाले र माओवादी केन्द्र ब्युँतिएका थिए।

    प्रचण्ड पुनरावलोकन गर्ने या नगर्ने भन्नेबारे कानूनविदसंग परामर्श गरेका थिए।  पुनरवलोकन गर्न सुझाव दिएपछि प्रचण्ड सर्वोच्च पुगेका हुन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend