काठमाडौं। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले २० पृष्ठको अन्तर पार्टी निर्देशिका (अपानी) जारी गरेको छ। पार्टीको गत चैत ७ गते बसेको बैठकको निर्णयबारे जानकारी गराउने उद्देश्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा एमालेले ‘अन्तरपार्टी निर्देशन’ जारी गरेको हो ।
चैत १३ गते जारी गरिएको अपानीमा सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछिको अवस्था, पार्टी काम सञ्चालन गर्नको लागि सहज बनाउनेगरी पार्टी विधानले दिएको अधिकार प्रयोग गर्दै बाधा अड्काउ फुकाउने निर्णय गरेको उल्लेख गरिएको छ।
सर्वोच्चको फैसला अनुसार १५ दिनभित्र नेकपाको ठाउँमा अर्को नाम लैजान माओवादी केन्द्रका कारण सम्भव नभएको अपानीमा बताइएको छ।