सिरहा। सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–५ घर भएका रामरिझन यादव र लक्ष्मीपुर पतारी–३ घर भएका अभिमन्यु गिरी छन् ।
दुवै आरोपीको साथबाट एक–एक थान कटुवा पेस्तोल र दुई–दुई राउण्ड गोली बरामद गरिएको प्रदेश–२ प्रहरी कार्यालयका डीआईजी धीरजप्रताप सिंहले बताए । चैत १ मा लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा विष्फोट हुँदा ८ जना घाइते भएका थिए ।