logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • नयाँ सत्ता समीकरणका लागि प्रचण्डको दौडधुप , देउवा र भट्टराईसंग छुट्टाछुट्टै भेट

    नयाँ सत्ता समीकरणका लागि प्रचण्डको दौडधुप , देउवा र भट्टराईसंग छुट्टाछुट्टै भेट

    4.3K
    Shares

    काठमाडौं।  प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाएर नयाँ सरकार बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षि दलका शीर्ष नेताहरुसंगको भेटघाटलाई तीव्र बनाएका छन्।  

    मंगलबार प्रचण्डले प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई उनकै निवास बुढानिलकण्ठ पुगेर भेटेका छन्। दुई नेताबीच झन्डै  १ घण्टा  छलफल भएको छ ।

    नयाँ सत्ता समीकरणका बारेमा उनीहरुबीच कुराकानी भएको बताइएको छ। 

    देउवासंगको छलफलपछि प्रचण्ड जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई भेट्न उनको निवास टोखा पुगेका छन्।  उनीहरुबीच छलफल जारी छ। 

    अध्यक्ष प्रचण्डले केहि दिनभित्रै आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइसकेका छन्। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend