logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • अभिनेता एजाज खान मुम्बई ड्रग्स केसमा पक्राउ

    अभिनेता एजाज खान मुम्बई ड्रग्स केसमा पक्राउ

    3.8K
    Shares

    बलिउड अभिनेता र बिग बोसका पूर्व प्रतिस्पर्धी  एजाज खानलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो ‘एनसीबी’ ले पक्राउ गरेको छ । उनलाई उनको मुम्बईको घरमा भेटिएको प्रतिबन्धित लागूपदार्थ बारे सोधपुछको लागि पक्राउ गरिएको हो।

     एजाजलाई हिजो मंगलबार राजस्थानबाट मुम्बई आउने क्रममा एयरपोर्टबाट प्रहरीले प्रकाउ गरि हिरासतमा राखेका छन् । प्रहरीका अनुसार अन्धेरी र लोखंडवाला शहर क्षेत्रमा अजाजको घरबाट अल्प्रजोलम ट्याबलेट भटिएको थियो ।

    एनसीबीले उनलाई मादक पदार्थ पेडलर शादाब फारूक शेख उर्फ ​​शादाब बटाटाको सिन्डिकेटको हिस्सा समेत रहेको बताएका छन् । शेखलाई पछिल्लो बिहीबार प्रहरीले पक्राउ गर्नुका साथै उनीबाट २ किलोग्राम प्रतिबन्धित ‘मेफेड्रोन ड्रग्स बरामद गरेका थिए। यस बारे थप अनुसन्धान भइरहेको मुम्बाई प्रहरीले जनाएको छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend