२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, २६ यात्रु घाइते, तिन जनाको अवस्था गम्भीर

आइतवार , आषाढ २९, २०८२

रूपन्देही । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् ।लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको यात्रुवाहक बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत वेलनदीमा दुर्घटनामा परेको हो।बस आफै अनियन्त्रित भई सडकको दायाँतर्फ गएर पल्टिएको थियो । घाइतेमध्ये तिन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

आइतबार बिहान भएको दुर्घटना लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गे र ट्राफिक प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गम्भीर अवस्थाका तिन जनालाई उपचारको लागि बुटवल रिफर गरिएको छ भने २१ जनाको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

बुटवल रिफर गरिएकाहरूमा सल्यान बागचौर नगरपालिका वडा नम्बर १० बस्ने ७७ वर्षीय देवी बुढाथोकी, सल्यान शारदा नगरपालिका वडा नम्बर १२ का ५६ वर्षीय मोहनलाल बुढाथोकी र दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का ३५ वर्षीय श्रीधर अधिकारी रहेका छन्। उनीहरूलाई बिहान सवा ५ बजेतिर बुटवल रिफर गरिएको हो।

सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेका घाइतेहरूमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर ८ ज्यामिरेका २८ वर्षीय मोतीलाल ऐरी, सोलुखुम्बु सोताङ गाउँपालिका वडा नम्बर ३ बस्ने २१ वर्षीय कोसिस गौतम, सल्यान चिद्द कुमाउकी १९ वर्षीय अनिता चलाउने, दाङ घोराही उपमहानगरपालिकाकी ५२ वर्षीय सचिला नेपाली, अर्घाखाँची सितगंगाकी ६० वर्षीय टुक कुमारी श्रेष्ठ, सल्यान बागचौर नगरपालिकाका २५ वर्षीय चित्र प्रसाद धिताल र रोल्पाका ३१ वर्षीय ओम प्रकाश खड्का रहेका छन्।

त्यस्तै दाङ राप्ती गाउँपालिकाकी २८ वर्षीय रुपा चौधरी, रोल्पा गंगादेव गाउँपालिकाका ३९ वर्षीय हेमराज वली, पर्वत मादी गाउँपालिकाका ३९ वर्षीय खड्क बहादुर पुन, सल्यान छत्रेश्वरी गाउँपालिकाका ४३ वर्षीय भीम बहादुर बिक, सल्यान बागचौर नगरपालिकाका ४० वर्षीय इन्द्र बहादुर बिक, दाङ तुलसीपुर उपमहानगरपालिकाका २१ वर्षीय ललित शर्मा छन् ।

त्यस्तै रोल्पा गंगा देव गाउँपालिकाका ३१ वर्षीय सन्दीप वली, डडेलधुरा आलीताल गाउँपालिकाका २२ वर्षीय विशाल बोहरा, दाङ दंगिशरण गाउँपालिकाकी शर्मिला नेपाली, सल्यान छत्रेश्वरी गाउँपालिकाकी ४२ वर्षीय रश्मि बोहरा र घोराही उपमहानगरपालिकाका ३९ वर्षीय वेद बहादुर वली रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट