अमेरीकन मोडल तथा गायिका हुन पेरिस ज्याक्सन । उनी पप जगत् का संम्राट माइकल ज्याक्सनको पहिलो तथा एकमात्र छोरी हुन । सामाजिक सञ्जालमा खासै नदेखिने उनले हालै एक अन्तर्वार्ता दिएकी छिन् ।
सो अन्तर्वार्ताका क्रममा उनले उनका दिवगत पिता माइकल ज्याक्सनको तारिफ गर्नुका साथैँ सम्झना गरेकी छिन् । माइकल ज्याक्सनको गीतले उनको जीवनमा गहिरो प्रभाव पारेको उनले बताएकी छिन् ।
उनी पिता माइकलको संगीतको फ्यान समेत भएको बताएकी छिन । उनी भन्छिन्, ‘म बुबाका सबै गीतहरू जान्दछु र हरेक गीतको शब्द मलाई याद छ । म बुबाको गीतलाई दिनहु जसो ज्याम गर्ने गर्छु , बुबाका गीत गाउर्दा आन्नद लागने गर्छ ।मेरो बुबाको संगीतकै कारण म कलाकार बनेकी हु । ’ मेरो बुबा मेरो भगवान हुन् ।
माइकल ज्याक्सको सन् २००९ मा ५१ वर्षका उमेरमा रहस्यमय मृत्यु भएको थियो ।