काठमाडौं। नेकपा एमालेका सांसद सूर्य पाठकले नयाँ सरकार निर्माण गर्ने काम संसद भएको र त्यसका लागि संसद सक्षम रहेको बताएका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाठकले यस्तो बताएका हुन्।
बैठकमा बोल्दै उनले भने,’जनताका प्रतिनिधिहरु यहाँ छन्, सार्वभौम संसद यहाँ छ, तर सरकार बनाउने छलफल डबलीमा हुन्छ। लामो समयदेखि एनजीओ र आईएनजीओको प्रभावमा परेर काम गरेका केहि मान्छेहरु जम्मा गरेर सरकार परिवर्तनको बहस गर्छन। उनीहरुलाई म चुनौती दिँदै भन्न चाहन्छु, सरकार बनाउने थलो संसद हो र त्यसका लागि संसद सक्षम छ।’
लोकतन्त्र धरापमा पर्यो भन्दै डबलीमा छलफल चलाउनेहरुलाई लोकतन्त्र खोज्न जनताको आगनमा जान उनले आग्रह गरे। ‘डबलीमा प्रजातन्त्रको बहस चलाउनेलाई म चुनौती दिन चाहन्छु, प्रजातन्त्र भनेको के हो गएर जनतालाई सोध’ उनले भने।
वर्तमान सरकारले थुप्रै कामहरु गरेको उनको भनाइ थियो।