logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • माओवादी केन्द्रले भन्यो : २३ चैतभित्र विश्वासको मत नलिए सरकारको बैधानिकतामाथि प्रश्न उठ्छ

    माओवादी केन्द्रले भन्यो : २३ चैतभित्र विश्वासको मत नलिए सरकारको बैधानिकतामाथि प्रश्न उठ्छ

    1.5K
    Shares

    काठमाडौं।  नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले २३ चैतभित्र संसदबाट विश्वासको मत लिनुपर्ने बताएको छ। 

    प्रतिनिधि सभा बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री ओलीले चैत २३ भित्र विश्वासको मत नलिए सरकारको वैधानिकतामाथि नै प्रश्न उठ्ने बताएका हुन्। 

    ‘संवैधानिक बेन्चले सरकारको अवस्थाबारे संविधानको धारा ७५ (१) को सरकार भएको भनेको थियो । पछिल्लो फैसलाले ७६ (२) आकर्षित गरेको छ । पछिल्लो फैसलाले दल विभाजन गरेको छ। दल विभाजन भएको अवस्थामा संविधानको धारा १०० (२) आकर्षित हुनेछ । सरकारले दल विभाजन भएपछि विश्वासको मत लिनुपर्छ। २३ गते त्यसको ३० दिन पुग्छ । चैत २३ गते भित्र विश्वासको मत नलिए सरकारको हैसियत के हुन्छ भन्ने प्रश्न उठ्छ ।’ उनले भने। 

    ३० दिनभित्र विश्वासको मत लियो भने वैधानिकता हासिल हुने अन्यथा सरकारको संवैधानिक हैसियत के हुने हो भन्ने प्रश्‍न उठ्ने उनको भनाइ थियो। 

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend