काठमाडौं। नेकपा एमालेकी सांसद गंगा चौधरीले विभिन्न अवरोधका बाबजुत प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारले थुप्रै कामहरु गरेको बताएकी छिन।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले असहज वातावरणका बाबजुत सरकारले उल्लेखनीय कामहरु गरेको बताएकी हुन्।
भूमिगत रुपमा रहेको विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु, सिके राउतलाई मूलधारमा ल्याउनु, थरुहट आन्दोलनका क्रममा मुद्दा चलाएर जेल चलान गरिएका रेशम चौधरीको रिहाईका लागि वार्ता टोली गठन गरि थारुका माग सम्बोधनको वातावरण निर्माण गर्नु सरकारका प्रशंसनीय कामहरु भएको उनले बताइन्।