काठमाडौँ । नेकपा (एमाले)कि नेतृ अष्टलक्ष्मी शाक्यले एमालेभित्र आफै आफै लडेर सबै सकिने अवस्थामा पुगेको बताएकी छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
नेतृ शाक्यले पार्टी भित्रको एकतालाई बलियो बनाउन आत्म समीक्षा गरेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको पनि बताइन् । अहिलेको निषेधको राजनीतिले कम्युनिष्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको पनि उनले बताइन् ।
उनले भनिन्, ‘तपाई हाम्रै कारणले गर्दाखेरी हामी भित्रकै कारणले गर्दाखेरी आज हामी कमजोर अवस्थामा पुगेका छौं । हामी एक अर्कामा निषेधको राजनीति गरिरहेका छौँ । कम्युनिष्ट पार्टीलाई एकतावद्ध र बलियो बनाएर होइन आफै आफै लडेर हामी सिद्धिने स्थितिमा पुगेका छौं । त्यसो भएको हुनाले पनि यतिबेला हामीले आत्म समिक्षा गर्ने की नगर्ने र हामीले यस्तो कुरा सच्याउने की नसच्याउने ? यदि नेकपा एमाले बलियो बनाएर अगाडी बढ्नु छ भन,े समाजवादको लक्ष्य प्राप्त गर्ने हो भने, हामीले आमुल परिवर्तन गरेर देशलाई अगाडी बढाउने हो भने, समृद्धि चाहने हो भने, हामी सत्तामा भएको पार्टीले आफूलाई सच्याउनै पर्छ । हामी रुपान्तरित हुनै पर्छ । हामीले निषेधको राजनीति गुटको राजनीति गर्न हुँदैन ।’