logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • महोत्तरीमा अज्ञात समूहले चलायो गोली, एक जना घाइते

    महोत्तरीमा अज्ञात समूहले चलायो गोली, एक जना घाइते

    4.3K
    Shares

    महोत्तरी । महोत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।

    बुधबार बेलुका औरही नगरपालिका वडा नम्बर ६ बैरियामा अज्ञात समूहले प्रहार गरेको गोलीबाट बर्दिवास नगरपालिका वडा नम्बर १ का ३० वर्षीय रोशन कोइराला घाइते भएको प्रहरीले जनाएको छ । घाइते रोशनको बर्दिबासमा उपचार भइरहेको छ । 

    जिल्ला प्रहरी प्रमुख एसपी दिनेश आचार्यका अनुसार कोइरालामाथि दुई गोली प्रहार गरिएको छ । एउटा गोली उनको हातमा र अर्को कोखामा लागेको आचार्यले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend