logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • माओवादी केन्द्र स्थायी कमिटी बैठक बस्दै, समर्थन फिर्ताबारे निर्णय हुने

    माओवादी केन्द्र स्थायी कमिटी बैठक बस्दै, समर्थन फिर्ताबारे निर्णय हुने

    2.1K
    Shares

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बिहीबार बस्दैछ । बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताले प्रवेश पाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । 

    ‘समर्थन फिर्ताको विषयले नैतिक दबाब बढाएकोले यसबारे स्थायी कमिटी बैठकमा छलफल हुने नेता श्रेष्ठले बताए । 

    नेकपा पार्टी ऋषि कट्टेलको भएको भन्दै फागुन २३ गते सर्वोच्चले फैसला गरेपछि साविकको एमाले र माओवादी केन्द्र ब्युँतिएको हो । यद्यपी, ओली सरकारलाई दिएको समर्थन भने माओवादी केन्द्रले कायमै राखेको थियो । 

    पछिल्लो समय काँग्रेस–जसपालगयतका दलका नेतासँगको छलफलपछि प्रचण्ड ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा रहेको बुझिएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend