काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरणअघिको अवस्थामा पुर्याइदिने सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल पचण्डले पेश गरेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाई हुने भएको छ ।
मंगलबार पेश गरेको उक्त निवेदनको पेशी बिहीबार तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ। आजको इजलासले उक्त फैसला पुनरावलोकन गर्न स्वीकृति दिने वा नदिने निर्णय गर्ने छ।
एमाले(माओवादीलाई पुरानै अवस्थामा फर्काउने फैसला गत फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले गरेको थियो ।
नेकपा फुटाएर एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामा आठ प्रश्न उठाउँदै प्रचण्डले पुनरावलोकनको माग गरेका छन्। सर्वोच्चले आज निस्सा प्रदान गरेको अवस्थामा मात्र यो मुद्दाको सुनुवाई अगाडि बढ्नेछ ।