logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेकपा खारेज गर्ने फैसलाविरुद्ध प्रचण्डको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश जबराको इजलासमा

    नेकपा खारेज गर्ने फैसलाविरुद्ध प्रचण्डको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश जबराको इजलासमा

    4K
    Shares

    काठमाडौं।  नेकपाको एकता खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दर्ता गरेको निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा परेको छ। 

    प्रधानन्यायाधीश जबरासहित न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले आज सो निवेदनको सुनुवाइ गर्ने भएको हो। पुनरावलोकन निवेदनलाई निस्सा दिने कि नदिने भन्ने निर्णय हुनेछ। 

    न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फागुन २३ गते नेकपाको आधिकारिकता ऋषि कट्टेलाई दिदै केपी ओली र प्रचण्डलाई १५ दिनभित्र अर्को नाम लिएर निर्वाचन आयोगमा जान वा साबिककै पार्टीमा फर्किन आदेश दिएको थियो ।

    तर अध्यक्ष प्रचण्डले मंगलबार पुनरावलोकनको निवेदन दिएका थिए । नेकपा फुटाएर एमाले र माओवादी केन्द्र  ब्युँताउने फैसलामा आठ प्रश्न उठाउँदै प्रचण्डले पुनरावलोकनको माग गरेका छन्। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend