काठमाडौं। नेकपा एमालेले पार्टीका नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि कारवाही गरेको छ। दुवै नेतालाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको हो।
पार्टीले स्पष्टीकरण सोधेकोमा चित्तबुझ्दो जवाफ नदिएपछि पाण्डे र भुसाललाई कारवाही गरेको हो।
यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई सो कारबाही गरिएको थियो।
गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेताहरु नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णयको आधारमा महासचिव ईश्वर पोखरेलले नेताहरुलाई स्पष्टीकरण पत्र पठाएका थिए ।