काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने फागुन २३ को फैसलामा पुनरावलोकन नहुने फैसला गरेको छ ।
यो फैसलासँगै केपी ओली पक्षका नेता तथा नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली खुशी भएका छन् । पुनरावलोकन नगर्ने सर्वोच्च अदालतको फैसला लगत्तै उनले सामाजिक सञ्जालका माध्यमबाट साँकेतिक रुपमा खुशी भएको जनाएका हुन् ।
उनले टुइटरमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासले बिहीबारको फैसलामा हस्ताक्षर गरेको पृष्ठको तस्विर राखेका छन् ।
यसबाट उनी खुशी तथा उत्साहित भएको बुझ्न सकिन्छ ।
— Pradeep Gyawali (@PradeepgyawaliK) April 1, 2021