काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने फागुन २३ को फैसलामा पुनरावलोकन नहुने फैसला गरेको छ । यो फैसलासँगै केपी ओली पक्ष निकै उत्साहित भएको छ । यसैक्रममा प्रधनमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रचण्डप्रति व्यङ्ग्य गरेका छन् ।
बिहीबार सर्वोच्चको फैसला आए लगत्तै सामाजिक सञ्जाल ट्वीटरमा प्रचण्ड तनाव मुद्रामा देखिने तस्विर राख्दै उनले लेखेका छन्, ‘सर्वोच्च अदालतको फैसला । लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै । तैपनि पुनरावलोकनको रोइलो अब सकिएको छ । निवेदक महोदयप्रति सहानुभूति चाहिं छ– सम्हालिनुहोस र राजनीति गर्नुहोस ! राजनीतिज्ञ झगडिया हुन खोज्दा यस्तै हुँदोरहेछ ! आफैले भाँड्न चाहेको एकता कति प्यारो ?’
प्रचण्डले मंगलबार फागुन २३ को फैसलामा पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
सर्वाेच्च अदालतकाे फैसला ।
लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै। तैपनि पुनरावलोकनको राेइलाे अब सकिएकाे छ !
निवेदक महाेदयप्रति सहानुभूतिचाहिं छ- सम्हालिनुहाेस र राजनीति गर्नुहाेस ! राजनीतिज्ञ झगडिया हुन खाेज्दा यस्तै हुँदाेरहेछ !
आफैले भाँड्न चाहेकाे एकता कति प्याराे ? pic.twitter.com/gyn50E2Aik— Surya Thapa (@ThapajiSurya) April 1, 2021