logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • सर्वसाधारणका लागि खुल्यो रु रु जलविद्युतको आईपीओ   

    सर्वसाधारणका लागि खुल्यो रु रु जलविद्युतको आईपीओ   

    6.1K
    Shares

    काठमाडौं । सर्वसाधारणका लागि रु रु जलविद्युत् परियोजना लिमिटेडले आजदेखि  आईपीओ निष्कासन गरेको छ । रु रु ले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी १२० रुपैयाँका दरले ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्कासन गरेको हो ।

    यसमध्ये ३ लाख ६९ हजार १६७ कित्ता शेयर सर्वसाधारणका लगानी कर्ताको लागि, ८ हजार १५४ कित्ता कर्मचारीका लागि, २० हजार ३५८ कित्ता सामूहिक लगानी कोषका लागि रहेको छ ।

    रु रुको आईपीओ न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ७९ हजार १६० कित्तासम्म आवेदन दिन पाइनेछ । रुरुको शेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

    सो कम्पनीले आर्थिक वर्ष २०७६र ७७ मा ६ करोड १४ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको आईपीओ इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा ग्रेड ३ रेट्रि प्रदान गरेको छ ।आईपीओको विक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ । आईपीओ जारी गरे पछि कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्ने छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend