काठमाडौं। नेकपा एमालेको झलनाथ खनाल- माधव कुमार नेपाल समूहको स्थायी कमिटि बैठक सुरु भएको छ। कलंकीस्थित एक पार्टी प्यालेसमा बैठक केहि बेरअघि सुरु भएको हो।
बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल तथा नेताहरु सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई,अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु सहभागी रहेका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उक्त समूहका नेताहरु नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी सदस्य नै नरहने गरि ६ महिनाका लागि निलम्बन गरेपछि आगामी रणनीति तय गर्न बैठक बसेको हो।
बैठकले यो समूहको यहि चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा पारित कार्यपत्रलाई आवश्यक संशोधन गर्दै दस्तावेजका रुपमा तल्ला समितिसम्म वितरण गर्ने तयारी गरेको बुझिएको छ।