logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • विजेता खेलाडीलाई जनही ४ लाख दिने सरकारको निर्णय

    विजेता खेलाडीलाई जनही ४ लाख दिने सरकारको निर्णय

    1.8K
    Shares

    काठमाडौं। सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार लाख रुपैयाँ दिने भएको छ । 

    शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही रु चार/चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

    सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा  भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । 

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पनि विजेता खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरिसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend