logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रधानमन्त्री ओलीको चूनौती : सके समर्थन फिर्ता लिए हुन्छ, मागेपिच्छे राजीनामा दिन्न (भिडियोसहित)

    प्रधानमन्त्री ओलीको चूनौती : सके समर्थन फिर्ता लिए हुन्छ, मागेपिच्छे राजीनामा दिन्न (भिडियोसहित)

    2.4K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कसैले राजीनामा माग्दैमा आफूले प्रधानमन्त्रीको पदबाट राजीनामा नदिने बताएका छन् । शनिबार बालुवाटारमा आयोजित एक कार्यक्रममा  बोल्दै उनले आफूले राजीनामा माग्दैमा नदिने तर समर्थन फिर्ता लिएमा राजीनामा आउने बताउदै नेकपा माओवादीलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन चूनौती दिएका हुन् । 

    उनले भने, ‘आज मागेको हो र राजीनामा ? माग्या माग्यै छ त, मागैपिच्छे म कसरी दिनसक्छु राजीनामा ? एकदिन एउटा राजीनामा हुन्छ । एउटाले माग्दैन, दुइटाले माग्दैन, एकदिन माग्दैन, दुई दिन माग्दैन । माग्या माग्यै छ । ए बाबा ! हटाउ न त । समर्थन फिर्ता लिइदेऊ भन्छु लिँदैन । अनि राजीनामा माग्छ । राजीनामा आइहाल्छ, समर्थन फिर्ता गर न । समर्थन फिर्ता पनि गर्दैन, अनि राजीनामा माग्छन् ।’

    नेकपा माओवादी केन्द्रले ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताउदै आए पनि उसले सरकारलाई दिएको   समर्थन फिर्ता लिन भने सकेको छैन । 

    हेर्नुहाेस् भिडियाे: 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend