logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • कपिलवस्तु पुगेर प्रचण्डले भने : राजनीतिले कोल्टे फेर्‍यो, अब नयाँ सरकार बन्छ

    कपिलवस्तु पुगेर प्रचण्डले भने : राजनीतिले कोल्टे फेर्‍यो, अब नयाँ सरकार बन्छ

    5.6K
    Shares

    काठमाडौं।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै नयाँ सरकार बन्ने दावी गरेका छन्। 

    शनिबार कपिलवस्तुमा आयोजित पार्टीको जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब नेपालको राजनीतिले कोल्टे फेरिसकेकोले छिट्टै नयाँ सरकार बन्ने र देशले निकाश पाउने बताएका हुन्। 

    नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेकाले अब देशमा राजनीतिक परिवर्तन हुने उनको भनाइ थियो।  ‘अब देशले छिट्टै नयाँ सरकार पाउँछ । केहि दिनमै राजनीतिले कोल्टे फेर्नेछ ।’ , उनले भने। 

    नयाँ सरकार गठनमा माओवादी केन्द्रले निर्णायक भूमिका खेल्ने उनले बताए। ‘हामी नयाँ सरकार गठन प्रक्रियामा निर्णयका भूमिका खेल्छौँ, उनले भने  ‘प्रधानमन्त्री हुनु नै महत्वपूर्ण होइन। संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको लागि राख्छौँ। आफू प्रधानमन्त्री नभएपछि त्यसभन्दा माथि रहन्छौं।’ 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend