काठमाडौं। नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल समूहले दुई महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।
कलंकीको एक पार्टी प्यालेसमा बसेको उक्त समूहको स्थायी कमिटी बैठकले सो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकले सर्वोच्च अदालतको फैसलाअनुसार पार्टीलाई २०७५ जेठ २ को संरचनामा फर्काएर पार्टी एकताको रक्षा गर्न प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीलाई आग्रह गरेको छ।
त्यस्तै बैठकले चैत ४ र ५ गते राष्ट्रिय भेलामा प्रस्तुत प्रतिवेदन र त्यसबारे आएका सुझावलाई समावेश गरि दस्ताबेज प्रकाशन गर्ने र त्यसलाई पार्टीका तल्ला तहसम्म वितरण गर्ने र सुझाव लिँदै आगामी रणनीति तय गर्ने निर्णय पनि गरेको बैठकपछि बोल्दै नेता योगेश भट्टराईले जानकारी दिए।