logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • एमाले फुट्नबाट जोगाउन राष्ट्रपति सक्रिय, नेता झलनाथ खनालसँग भेटवार्ता

    एमाले फुट्नबाट जोगाउन राष्ट्रपति सक्रिय, नेता झलनाथ खनालसँग भेटवार्ता

    2.5K
    Shares

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले विवादमा चासो राख्दै पार्टीलाई एकताबद्ध बनाउने काममा भूमिका खेल्न सक्रिय भएकी छिन् । शनिबार पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाललाई पार्टीलाई एकताबद्ध बनाउने काममा लाग्न राष्ट्रपति भण्डारीले आग्रह गरेकी छिन् ।

    खनालनिवास डल्लुमा पुगेर राष्ट्रपति भण्डारीले शनिबार उनीसँग भेटर्वार्ता गर्दै एमाले विवादमा चासो व्यक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीको यो ‘मुभ’ले एमाले विवाद निकै गम्भीर मोडमा पुगेको संकेत गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

    खनाल र राष्ट्रपति भण्डारीको भेटर्वार्तालाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । स्रोतका अनुसार भेटमा राष्ट्रपति भण्डारीले पार्टीभित्र बढ्दै गएको गुटबन्दीप्रति चासो राख्दै पार्टीलाई एकताबद्ध बनाउने काममा भूमिका खेल्न वरिष्ठ नेता खनाललाई आग्रह गरेकी थिइन् । खनालले पनि राष्ट्रपति भण्डारीसँग समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको जानकारी दिए ।

    राष्ट्रपतिसँगको कुराकानीबारे सञ्चारकर्मीसँग खनालले भने, ‘राष्ट्रपतिज्यूले पनि तपाईंले भनेजस्तो लोकतन्त्र बलियो बनाउन पार्टीहरू नै बलियो हुनुपर्छ । सबै पार्टी बलिया हुन्, एकीकृत पार्टी पनि सकेसम्म नफुटोस् र नेकपा पनि बलियो होस् भन्ने नै मेरो चाहना रहेको हो । तपाईंहरू अहिले पनि सकेसम्म मिलेर जानुहोस् भन्ने सुझाब दिनुभयो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend