logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • सुदूरपश्चिममा भारतबाट फर्केकाबाट भित्रियो कोरोनाको नयाँ प्रकार

    सुदूरपश्चिममा भारतबाट फर्केकाबाट भित्रियो कोरोनाको नयाँ प्रकार

    6.2K
    Shares

    कञ्चनपुर । भारतबाट फर्केका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । दुई साताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड पर्सन सिद्धराज भट्टले जानकारी दिए । 

    ‘शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको नतिजा आएको छ’, उनले भने, ‘नतिजामा कृष्णपुरका एक जनामा नयाँ प्रकारको कोरोना सङ्क्रमण देखिएको छ ।’ भेरियन्ट कोरोनको सङ्क्रमण भएका व्यक्ति घरमै आइसोलेशनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । भारतको कर्नाटकबाट फर्केका उहाँ पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भित्रिएका थिए ।

    योसँगै सुदूरपश्चिममा तीन जनामा नयाँ प्रकारको कोरोना पुष्टि भएको हो । कञ्‍चनपुर, डडेल्धुरा र डोटीका एकरएक जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । भेरियन्ट कोरोना भएका सबै जना घरमै आइसोलेशनमा बसेका छन् ।

    सुदूरपश्चिम प्रदेशमा अहिले भारतबाट स्वदेश फर्किनेको संख्या निकै बढेपछि कोभिडको संक्रमण दर बढ्ने र नयाँ प्रकारको कोभिडले नियन्त्रणमा थप जटिलता आउने देखिएको छ । 

    भारतबाट फर्कने नेपालीको एन्टीजेन परीक्षण गर्दै आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । गड्डाचौकी र गौरीफन्टा नाका हुँदै दैनिक सीमानाका भएर नेपाल भित्रिने यात्रुको संख्या सात सयदेखि एक हजारको हाराहारीमा रहँदै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend