काठमाडौं । नेकपा माओवादी केन्द्रले आइतबार बिहान ११ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाएको स्थायी कमिटी बैठक देशको पछिल्लो राजनीतिक अवस्था तथा सत्ता सहकार्यका विषयमा छलफल हुने भनिएको थियो ।
बैठकअघि अरु राजनीतिक दलहरुसँग छलफल गर्न र केही नेताहरु काठमाडौं बाहिर भएकाले बैठक स्थगित गरिएको नेता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकको नयाँ मितिबारे कुनै औपचारिक तयारी नभएको नेता श्रेष्ठले जानकारी दिए ।