logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • माओवादी केन्द्रका दुई सांसदलाई कारवाही गरेको पत्र प्रदेशसभामा

    माओवादी केन्द्रका दुई सांसदलाई कारवाही गरेको पत्र प्रदेशसभामा

    2.5K
    Shares

    काठमाडौं। नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशका सांसदद्वय दधिराम न्यौपाने (रुपन्देही) र दिनेश पन्थी (गुल्मी) लाई माओवादीले कारवाही गरेको जानकारी लुम्बिनी प्रदेश सभालाई गराइएको छ । 

    एमालेमा प्रवेश गरेर ओली समूहको केन्द्रीय सदस्य बनेका न्यौपाने र पन्थीलाई पार्टीले  कारवाही गरेको पत्र आएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले बताए । प्रदेशसभाको नियमावली १९० अनुसार  पत्र आएको र नियमावली १९१ अनुसार सभामुखले प्रदेशसभालाई जानकारी गराउने उनले बताए । ‘सभामुखज्यूले पत्रमा तोक पनि लगाउनु भयो । अब कारवाही गरेपछि वहाँहरुको सांसद पद खारेज हुनेछ,’ उनले भने । 

    माओवादी छाडेर एमालेमा प्रवेश गरेपछि न्यौपाने र पन्थीलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, एक हप्ता बितिसक्दा पनि उनीहरुले स्पष्टीकरणको जवाफ दिएका  नदिएपछि पार्टीले कारवाहीको लागि पत्र पठाएको हो । 

    लुम्बिनी प्रदेशमा कुल ८७ सांसद छन् । माओवादीको २० सांसद छन् । तीमध्ये माओवादीका एकजना सभामुख भएकाले भोटिङ गर्न १९ जनाले मात्रै पाउँछन् । तीमध्ये दुईजना एमालेमा प्रवेश गरिसकेका छन् । प्रदेशसभामा नेपाली काँग्रेसका १९ सांसद छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend