२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

धनगढीमा विद्युत सर्ट भएर भीषण आगलागी, आठवटा सटर जलेर नष्ट

सोमवार , श्रावण ५, २०८२

कैलाली । धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिक भीषण आगलागी हुँदा आठवटा सटरमा क्षति पुगेको छ। विद्युत् सर्ट भएर सुरु भएको आगलागीले पसलहरूमा ठुलो क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार हेलेन ट्रेड एण्ड सप्लायर्स अन्तर्गत विश्वप्रकाश कँडेलले सञ्चालन गरेका चार वटा सटर, परिवर्तन इम्पेक्स कपडा होलसेल पसलका तीन सटर र सेन्टर प्वाइन्ट रेस्टुरेन्ट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

आगलागी आइतबार राति करिब १०ः४५ बजे सुरु भई राति १२ बजे नियन्त्रणमा ल्याइएको थियो। आगो नियन्त्रणका लागि प्रहरी उपरीक्षक बालनरसिंह राणाको नेतृत्वमा नेपाल प्रहरीका ४५ जना र सशस्त्र प्रहरी निरीक्षक सरोज खतिवडाको नेतृत्वमा सशस्त्र प्रहरीका २५ जना सुरक्षाकर्मी खटिएका थिए।

दमकल परिचालनमा धनगढी उपमहानगरपालिकाका दुई र गोदावरी नगरपालिकाको एक दमकल प्रयोग गरिएको थियो। स्थानीय बासिन्दाहरूको सक्रिय सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो।

आगलागीका कारण सटरभित्र रहेका सबै सामान जलेर नष्ट भएका छन्। घटनाको थप विवरण र क्षतिको मूल्यांकन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट