logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • डढेलोबाट घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

    डढेलोबाट घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

    4.4K
    Shares

    हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।वडा नम्बर–३ पारीपाखाको जंगलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रितिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँदा निजका श्रीमती हस्तमायाको मृत्यु भएको हो । 

    साथै उक्त आगलागीमा परेर उनको गोठमा रहेका १० खसीबाख्रा, अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको शवको मुचुल्का गरी परीक्षणका लागि हेटौंडा अस्पताल पठाइएको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend