logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • पछिल्लो राजनीतिक अवस्थाले देशलाई नै लज्जित बनाएको छ : रविन्द्र मिश्र 

    पछिल्लो राजनीतिक अवस्थाले देशलाई नै लज्जित बनाएको छ : रविन्द्र मिश्र 

    1.8K
    Shares

    काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पछिल्लो समय विकसित राजनीतिले देश नै लज्जित हुनुपर्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । 

    सोमबार पार्टीको सञ्चार तथा सूचना प्रविधि विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले अहिलेको राजनीति जुन किसिमबाट अगाडी बढीराखेको छ त्यो अत्यन्त निन्दनीय र लज्जास्पद भएको टिप्पणी गरेका हुन् । अहिले भइरहेको गतिविधि देशको स्वाभिमानको हित विपरित भएको पनि उनले बताए । उनले भने, ‘अहिलेको स्थितिमा पनि राजनीति जुन किसिमबाट अगाडी बढीराखेको छ त्यो अत्यन्त निन्दनीय छ । त्यो अत्यन्त लज्जास्पद छ । यो देशको स्वाभिमानको हित विपरित छ । यो राष्ट्रहित विपरित छ ।’

    संविधानले तय गरे अनुरुप सुसंस्कृत रुपमा देशको सरकार परिवर्तन हुनुपर्छ भन्नेमा आफ्नो पार्टी दृढ रहेको पनि उनले बताए । तर अहिले जे भइराखेको छ त्यो संविधानको विपरित भइराखेको बताउँदै अध्यक्ष मिश्रले दलहरुले संविधानको सम्मान गर्न सक्नुपर्ने बताए । त्यसबाट मात्रै सुसंस्कृत राजनीति स्थापित गर्न सकिने उनको भनाइ थियो । 

    अध्यक्ष मिश्रले नेपालको राजनीति विगत ७० वर्ष देखि नै धरमराईरहेको टिप्पणी समेत गरेका छन्  । नेपालको लोकतन्त्रलाई संस्थागत गर्न ७० वर्षदेखि प्रयास भइरहेपनि अहिले पनि धरमराईरहेको स्थितिमा लोकतन्त्र रहेको उनले बताए । 

    उनले भने, ‘७० वर्ष देखि नेपालको राजनीतिमा निरन्तर देखिएको समस्या भनेको भ्रष्ट्राचार हो, असक्षमता हो, सुशासनको अभाव हो, दुरदर्शिताको अभाव हो । यी सबै अभावहरु र त्यसको साथमा समाजमा विद्यमान विभेद र सिमान्तकृतहरुले जस्ता किसिमका अधिकारहरुको उपभोग गर्न पाउनुपथ्र्यो तीनको अभावहरु फेरी आफ्नो ठाउँमा छ । ७० वर्ष भइसक्यो नेपालमा लोकतन्त्रलाई संस्थागत गर्नको लागि प्रयास भइराखेको अहिले पनि हेर्नेहो भने लोकतन्त्र धरमराएकै स्थितिमा हो । त्यो संस्थागत भइसकेको स्थितिमा होइन । यो नेपाली राजनीतिको बिडम्बना हो । नेपाल जस्तो देशमा यति लामो अवधिसम्म राजनीति बदलिनु, बारम्बार बदलिनु, २० वर्षमा बिसौं सरकार बदलिनु तर आम नेपालीको अवस्था नबदलिनु सबैभन्दा दुःखद पक्ष हो ।’

    उनले आफ्नो दलले देशभरका नागरिकको सामाजिक जीवनको अधिकार, मर्यादाको अधिकार, शिक्षा स्वास्थ्यको अधिकार सुनिश्चित गर्न चाहेको बताए । यी विषयहरु सुनिश्चित नहुँदासम्म नेपालको राजनीति अस्थिर रहने उनको भनाइ छ । यस्तै उलने देशभित्रै रोजगारी सिर्जना गर्नु चुनौतिपूर्ण विषय बनेको बताए । 

    अध्यक्ष मिश्रले वैदेशिक रोजगारीका लागि सम्झौता हुँदा हात मिलाएर खुसि मनाउने मन्त्री र राजनीतिक दलहरुबाट देशभित्रै रोजगारी सिर्जना गर्ने कुराको कल्पना समेत गर्न नसकिने दाबी गरे । उनले भने, ‘रोजगारीको विषय यति महत्वपूर्ण छ । देशका नागरिकहरु बेच्नमा हामी गर्व गर्छौं । श्रम सम्झौता हुँदा हाँसीहाँसीकन मन्त्रीले हात मिलाएको फोटोहरु हामी सबैले देख्न पाउँछौं । त्यो त लज्जाको विषय हो नी । देशको श्रमशक्ति बेचेर अनि त्यसमा खुसि मनाउने त्यो होइन ।’

    अर्थतन्त्रलाई उद्देलित गर्न सक्षम र इमान्दार व्यक्तिले मात्रै सक्ने र त्यसबाट मात्रै रोजगारी सिर्जना हुन सक्ने पनि उनले बताए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend