काठमाडौं : नेकपा एमालेको खनाल-नेपाल समूहले वागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्ने तयारी गरेको छ ।
खनाल-नेपाल समूहको बागमती प्रदेशको स्थायी कमिटी बैठक बसेर समानान्तर कमिटी घोषणा गर्ने तयारी भएको स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । बैठक आज बिहान ११ बजे बल्खुस्थित एक पार्टी प्यालेसमा बस्दैछ।
खनाल-नेपाल समूहले सुदूरपश्चित प्रदेशमा पनि भीव रावलको नेतृत्वमा समानान्तर कमिटी घोषणाको तयारी अघि बढाएको छ । सो समूहले दुई दिन अगाडि काठमाडौं जिल्ला कमिटी घोषणा गरेको थियो । यस्तै गण्डकी प्रदेशमा पनि समानान्तर कमिटी गठन गरिसकेको छ।
यद्यपी, अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई एमालेबाट ६ महिनाका लागि निलम्बन गरिसकेको छ।